दैलेख : दैलेख प्रहरीले मातहतका प्रहरी कार्यालयबाट गाउँगाउँमा सचेतना मुलक कार्यक्रमलाई तीव्रता दिएको छ । प्रहरीले समुदाय, विद्यालयमा पुगेर बालविवाह, ट्राफिक नियम, लागुऔषध, घरेलु हिंसा, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, र यात्रु सुरक्षा अभियान सम्बन्धी विषयहरूमा सचेतनामूलक कार्यक्रम गर्दै आएको हो ।
प्रहरीद्वारा सञ्चालन गरिएको सचेतना मूलक कार्यक्रमले युवा पुस्तामा सकारात्मक प्रभाव पार्दै आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए । उनले समाजमा रहेको कानुनी अज्ञानताका विषयमा सचेत गराउनु प्रहरीले सञ्चालन गरेको सचेतना मूलक कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
समाजमा कानुनी अज्ञानताका कारण हुने घटनामा कमी ल्याउने उद्देश्यले सचेतना मूलक अभियान सञ्चालन गर्दै आएको प्रहरी प्रमुख लम्सालले बताए । ‘समाजमा अहिले पनि कानुनी अज्ञानताका कारण केही घटना हुने गरेका छन्, पछिल्ला दिनमा युवा पुस्ता कुलतमा फस्ने गरेका छन्, युवा पुस्तालाई कुलतबाट बच्न, नागरिकलाई कानुनको जानकारी गराउनु सचेतना अभियानको उद्देश्य हो’, प्रहरी प्रमुख लम्सालले भने ।
प्रहरी प्रमुख लम्सालले कानुनी अज्ञानता भन्दैमा कसैले पनि मुक्ति नपाउने बताए । उनले पछिल्लो समय समाजमा कानुनी ज्ञानमा वृद्धि हुँदै गएको बताएका छन् । सचेतना कार्यक्रमले अपराध हँुनै नदिन मदत पु¥याउने प्रहरी प्रमुख लम्सालको भनाई छ ।
उनले पछिल्ला दिनमा दैलेखमा युवा पुस्तामा लागुऔँषधको प्रयोग बढ्दै गएको बताए । लम्सालले नारायण नगरपालिका बजार क्षेत्रमा मात्र करिब ७० जना युवाहरूले लागुऔषधको प्रयोग गर्ने सूचना आएको र युवाहरूलाई यसबाट छुटाउन प्रहरीले विशेष अभियान सञ्चालन गर्ने बताए ।
युवाहरूलाई लागुऔषधमा लाग्न नदिन अभिभावकको भूमिका ७० प्रतिशत रहेन प्रहरी प्रमुख लम्सालको भनाई छ । पछिल्लो समय बालबालिका युवाप्रति अविभागकको चासो कम देखिनुले पनि लागुऔषधका दुव्र्यसन कर्ताको संख्या बढेको पाइन्छ ।
गाउँगाउँमा सचेतनामुलक कार्यक्रम अन्तर्गत भगवतीमाई गाउँपालिकाको ज्वाला मावि तथा नारायण नगरपालिका–१० र ११ वडामा लागुऔषध, गुराँस गाउँपालिका–४ वडामा र डुङ्गेश्वर गाउँपालिका–५ सवारी दुर्घटना तथा ठाँटीकाँध गाउँपालिका–१ वडामा बालविवाह सम्बन्धी कार्यक्रम गरेको जनाएको छ ।











